यज्ञप्रसाद सापकोटा
बर्दिया ।
उर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ बर्दिया जिल्ला पुग्नु भएको छ । बर्दिया जिल्लाका विभिन्न स्थानको अनुगमन र पुल शिलन्यासका लागि मन्त्री घिसिङ बर्दिया पुग्नु भएको हो ।
मन्त्री घिसिङले बर्दिया जिल्लाको बहुचर्चित जब्दीघाटको भत्किएको पुल अनुगमन गर्ने कार्यक्रम रहेको छ । तटबन्ध, सिचाई, पूल लगाएतका विभिन्न स्थानको अनुगमन, झोलुङ्गे पुल सिलन्यास गर्ने कार्यक्रम रहेको छ ।
बुधबार मन्त्री घिसिङले सत्तिघाट पूल, दलाई घाट तटबन्ध, कर्णाली नदी कटान क्षेत्र टिहुनी र ओखरिया इन्टेक र राजापुर सिचाई आयोजनाको अनुगमन गर्नुहुने छ । त्यसैगरी दौलतपुर घाटमा झोलुङ्गे पुलको शिलन्यास गर्ने समेत योजना रहेको छ । मन्त्री घिसिङले उज्यालो नेपाल पार्टीको एक कार्यक्रममा समेत सहभागी हुने योजना रहेको छ । त्यसैगरी बिहिबार उद्योग वाणिज्य संघ ठाकुरद्वारामा अन्र्तक्रिया गर्दै वन्यजन्तुको समस्या र त्यसको समाधानका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ भने गुलरिया नगरपालिकाको सिचाई नहर तटबन्ध अनुगमन गर्ने र जब्दीघाट पुल अनुगमन र सम्बोधन गर्ने कार्यक्रम रहेको उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्य सोम डेमनडौराले बताउनु भयो ।
मन्त्री घिसिङ दुई दिन बर्दिया अनुगमन रहने छ । मंगलबार बर्दिया हुँदै कैलालीको टिकापुर पुग्नु भएका मन्त्री घिसिङलाई बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी प्रमुख सरोज पौडेल लगाएतका सुरक्षा समितिको टोलिले स्वागत गरेको थियो ।








