गुलरिया । बर्दियामा हरेक वर्ष हुँदै आउको जलपन्छी गणना आगामी सोमबार देखि हुन भएको छ । जलपन्छी गणनाका लागि सरोकारवाला निकायको बीचमा समन्वय बैठक बसी सोमबार देखि गणना गर्ने निर्णय गरिएको हो ।
आगामी पुस २८ र २९ गते जलपन्छी गणना गर्ने निर्णय सहित तयारी गरिएको निकुञ्जका संरक्षण अधिकृत सरोजमणी पौडेलले बताउनु भयो । उहाँले जलपन्छी गणना गर्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्जको सुरक्षामा तैनाथ जबरजंग गण, नेचर गाइड एशोसियसन, पर्यापर्यटन विकास मञ्च, होटल एशोसियसन, बर्दिया नेचर कन्जरभेसन क्लब, उज्यालो नेपाल , मध्यवर्ती क्षेत्र परिषद, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान, नेपाल पन्छी संरक्षण सङ्घ र जेडएसएल नेपालको सहयोग रहने बताउनु भयो ।

बर्दियाको कर्णाली गेरुवा बढैयाताल सतखलुवा ताल लगाएतका क्षेत्रमा जलपन्छी गणना गरिने पंक्षी विद् सङ्घका केन्द्रिय सदस्य रामबहादुर शाहीले बताउनु भयो । उहाँले जलपन्छी गणनाका लागि ६० जनाको सहभागिता हुने बताउनु भयो ।








