गुलरिया । बर्दियामा भूमि समस्या समाधानका लागी नेकपा एमाले बर्दियाले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखसँग छलफल गरेको छ ।

नेकपा एमाले केन्द्रिय सदस्य एवं बर्दिया जिल्ला इन्जार्च लक्ष्मणराज ज्ञवालीको नेतृत्वमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्का, नेकपा एमाले जिल्ला कमिटी बर्दियाका अध्यक्ष शालिकराम अधिकारी, उपाध्यक्ष दुर्गा वली, जिल्ला सदस्य बालकृष्ण लामिछाने लगायतको टोलिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसँग भूमि समस्या समाधानका साथै वन्यजन्तु आतंक, किसानले भोग्दै आएको रासायनिक मलको चरम अभाव लगायतका बिषयमा छलफल गरिएको नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले जानकारी दिनुभयो ।

साथै टोलिले भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख, डिभिजन वन कार्यालय प्रमुखसँग समेत छलफल गरेको छ । यसै बिच भूमि समस्या समाधान आयोग बर्दियामा भूमिहिन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी लाई जग्गा वितरणको लागि नापँ जाचको क्रममा आई परेका समस्याको बारेमा र आगामी दिनमा भूमि आयोगले कामको गति लाई छिटो कसरी अगाडि बढाउने भन्ने बारेमा भूमि आयोगसंग विशेष छ्लफल भएको थियो ।

छलफलमा भूमि समस्या समाधान आयोग बर्दियाका अध्यक्ष अरुण प्रकाश सिंह राठौंंर, विज्ञ सदस्य रामकृष्ण चौधरी, सदस्य देवी माया अधिकारी लगायतको उपस्थिति रहको थियो । -गेरुवाअपडेटबाट








