यज्ञप्रसाद सापकोटा
बाँसगढी ।
बर्दियामा माघीको अवसरमा धमा धम साँस्कृतीक कार्यक्रमहरूको आयोजना गरिएको छ । गाउँ वडा देखि लिएर पालिका तहमा छुट्टा छुट्टै माघीको अवसरमा साँस्कृतीक कार्यक्रमको आयोजना गरिएको छ ।
थारू समुदायको सबैभन्दा ठुलो पर्व भएकाले पनि बर्दिया जिल्लामा माघीलाई विशेष तरिकाले मनाउने गरिन्छ । माघी आउनु भन्दा अगाडि देखि नै माघीको रौनक हुन्छ । हरेक नगरपालिकाले माघीको अवसरमा मेला महोत्सव लगाउने माघी मिलन कार्यक्रमको आयोजना समेत गरिरहेका छन् ।
बर्दियाको बाँसगढी नगरपालिकाले माघीको अवसरमा फरक किसिमको कार्यक्रमको आयोजना गरेका छन् । माघीको अवसरमा नगरपालिकाले बालविवाह, बहुविवाह, लागुपदार्थ दुव्र्यसनी लगाएतका सामाजिक विकृती हटाउनका लागि सचेतना मुलक साँस्कृती पुर्नजागरण अभियान तथा बाँसगढी बरघर माघ मिलन कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा तीस ओटा समूहले थारू गित तथा नाँच प्रतियोगितामा भाग लिएका थिए । बालविवाह, बहुविवाह, लागुपदार्थ दुव्र्यसनी न्यूनिकरणका बारेमा सचेतनामुलक गितहरू प्रस्तुत भएका थिए । उत्कृष्ट सचेतना मुलक गित प्रस्तुत गर्ने समुह पुरस्कृत गरिएको छ । प्रतियोगितामा सहभागी हरेक समूहले सामाजिक विकृतिका विरुद्धमा गित प्रस्तुत गरेका थिए ।

माघी मिलन कार्यक्रममा बाँसगढी नगरपालिका, विभिन्न गाउँका बरघर, बरघर सञ्जाल, वडाध्यक्ष र जनप्रतिनिधिहरूले १४ बुँदे घोषणापत्र मार्फत सामाजिक कुरीति अन्त्य, साँस्कृतिक संरक्षण र दिगो विकासका लागि प्रतिवद्धता जनाएका छन् । समाजमा देखिएको कुरिति अन्त्यका लागि सबैजना एकबद्ध भएर लाग्ने र विकासका लागि सबैले हातेमालो गर्ने सामुहिक प्रतिवद्धतामा उल्लेख छ । प्रतिवद्धता बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको उपस्थीतीमा जनाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी हमालले बरघरहरुले समुदायको सामुदायिक विकासमा विशेष भुमिका खेलेको बताउँदै सामाजिक कुरीती, बालविवाह, बहुविवाह लगाएतका कुरालाई न्यूनीकरण गर्नका लागि महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।









