बर्दिया ।
बर्दियामा चितुवाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नं १० पेरहवा चटिया सामुदायिक वनमा शौच गर्न जाँदा चितुवाले आक्रमण गरेपछि युवाको मृत्यु भएको हो ।
चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नं १० सेम्रवा बस्ने ३२ वर्षिय दिनेश चौधरीको मृत्यु भएको हो । दिउँसो करिब एक बजे सामुदायिक वन तर्फ गएका चौधरी नफर्केपछि खोजविन सुरु भएको थियो । चितुवाले आक्रमण गरेको आशंकामा स्थानीय र प्रहरीको टोलीले खोजविन गर्दा सामुदायिक वन भित्र उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर मल्लले बताउनु भयो । उहाँले शव छाति गर्दन र बाँया खुट्टाको तिघ्रा खाएको अवस्थामा घटनास्थलमा फेला परेको बताउनु भयो । हल शव घटनास्थल मै रहेको उहाँको भनाई छ ।
श्रमदान गर्न गएको समयमा सामुदायिक वनमा शौच गर्न जाँदा चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताउनु भयो ।








