सिर्जना वली / बाँसगढी
बर्दियाको बाँसगढी नगरपालिकाले बढ्दो शितलहरको जोखिम कम गर्नका लागि नगरपालिका भित्रका गरिब तथा बिपन्न नागरिक असहाय र अपाङ्गता भएका व्यक्तीहरूलाई कम्बल वितरण गरेको छ ।
नगरपालिका भित्रका एक सय नागरिकलाई कम्बल वितरण गरेको हो । कम्बल किन्न नसक्ने वा किन्नका लागि संघर्ष गर्नुपर्ने नागरिकलाई कम्बल वितरण गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताउनु भयो । उहाँले बिपन्न नागरिकहरूलाई शितलहर र चिसोले असर नगरोस भनेर कम्बल वितरण गरिएको र यस अघि न्यानो कपडा समेत वितरण गरिएको बताउनु भयो । उहाँले शितलहर बढ्दै गएको हुनाले विभिन्न स्थानमा दाउरा वितरण गरि आगो ताप्ने व्यवस्था गरिएको बताउनु भयो ।
बजेट अभाव भएको हुनाले थप कम्बल वितरण गर्न नसकिएको उहाँले बताउनु भयो । थप बजेटको व्यवस्थापन गर्न सकेमा अझै विपन्न नागरिकहरूलाई न्यानो कपडा र कम्बल वितरण गर्ने उहाँले बताउनु भयो ।








