बर्दिया ।
बर्दियामा विद्युतिय भ्यान र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गत राती करिब १० बजे मधुवन नगरपालिका वडा नं ४ गमक्कामा भएको सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं ५ शाहीपुर बस्ने २१ वर्षीय सुशीलकुमार थारू र २५ वर्षीय करण थारू रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र कुमार मल्लले बताउनु भयो ।
मधुवन नगरपालिका वडा नं ४ गमक्का स्थित ओराली बजार देखि ढोढरी तर्फ आउँदै गरेको बा.प्र. ०१–०३२ च ७५५३ नम्बरको विद्युतिय भ्यान विपरित दिशाबाट आएको भे ११ प १९२३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको थियो । दुर्घटना लगत्तै प्रहरीले उद्धार गरि बर्दिया अस्पताल पुर्याएको थियो । घाइते दुबैको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । विद्युतिय भ्यान र चालक बिक्रम बोहोरालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।








