राजापुर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले बर्दिया निर्वाचन क्षेत्र नं २ को राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गर्नु भएको छ । निर्वाचन प्रचार प्रसारका लागि पश्चिम नेपालको भ्रमणको क्रममा बर्दिया आइपुग्नु भएको वरिष्ठ नेता शाहले बर्दियाको राजापुरमा सम्पर्क काार्यालय उद्घाटन गर्नु भएको हो ।
सोमबार नेपालगञ्ज देखि धनगढि तर्फ जाँदै गर्दा स्वास्थ्यमा समस्या देखिएपछि शाह बर्दियाको ठाकुरद्वारामा बस्नु भएको राष्ट्रिय स्वतन्त्र पार्टी बर्दियाले जनाएको छ । सोमबार नेपालगञ्ज कोहलपुर बाँसगढी मैनापोखर गुलरिया मधुवन ठाकुरबाबा लगाएतका स्थानमा समर्थक र सर्वसाधारणहरूसँग उहाँले भेट गर्नु भएको थियो । ठाकुरद्वारा बसाईको क्रममा पार्टीका नेता र कार्यकर्तासँग उहाँको भेटघाट भएको थियो । मंगलबार बिहान बर्दियाको पौराणिक र चर्चित मन्दिर ठाकुरद्वारा मन्दिरको दर्शन गरि आजको दिनको सुरुवात गर्नुभएको थियो ।
वरिष्ठ नेता शाह राजापुरबजारमा समर्थक र सर्वसाधारणको अभिनन्दन स्विकार गर्दै घण्टि बजाएर सम्पर्क कार्यालयको उद्घाटन गर्नु भएको थियो । तर उद्घाटनको क्रममा उहाँले कुनैपनि मन्तव्य व्यक्त गर्नु भएन । मौन रहेर छोटो समयमा उद्घाटन पश्चात् कैलाली तर्फको यात्रा सुरु गर्नु भएको थियो । उहाँको अभिनन्दनका लागि सोमबार र मंगलबार बर्दिया उलेख्य उपस्थीती रहेको थियो । भिड व्यवस्थापनका लागि र उहाँको सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।








