बर्दिया /बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ हात्तीसार मा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवा पाँच दिनमा फेला परेको छ । खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमणबाट मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षिय रुपमिलन थारू करिब २.५ किलोमिटर तल फेला परेको हो ।
मंगलबार साँझ देखि नै हात्ती, मोटरबोट सहितको निकुञ्ज, नेपाली सेना र प्रहरी सहितको टोलीले खोजविन गरेपनि आज मात्र फेला परेका हुन् परेका छैनन् । बेपत्ता भएदेखि लगातार खोजविन गरेको भएपनि आज साँझ मात्र थारूको शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले जानकारी गराउनु भयो । उनको शवलाई आवश्यक प्रक्रिया पुरा गरी परिवारको जिम्मा लगाउने उहाँले बताउनु भयो ।
खौराहा खोला बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने खोला भएको हुँदा गोही लगाएतका पानीमा बस्ने जिव जन्तुहरू रहेको हुनाले खोलामा नजान सुचना अधिकारी पौडेलले अनुरोध गर्नु भयो ।








