ठाकुरबाबा । बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ७ औराही खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–७ बठनपुरका १२ वर्षीय अभिषेक बुढाको खोलामा डुबेर मृत्यु भएको हो ।
भदैली गाउँ नजिक औराही खोलामा डुबेर बालकको मृत्यु भएको ठाकुरबाबा नगरपालिका–७ का वडा अध्यक्ष कमल बहादुर बिष्टले बताउनु भयो । उहाँले भन्नु भयो –“साथीहरुसँग खोलामा नुहाउन गएको बेला दिउँसो सवा एक बजे बालक बेपत्ता भएको र खोज तलासको क्रममा घटना स्थल नजिकै बेपत्ता बालकको शव फेला परेको हो ।”
साथीहरूसँग पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।








