साैगत श्रेष्ठ,ठाकुरबाबा ।
आठौ ठाकुरबाबा नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । ठाकुरबाबा नगर खेलकुद विकास समितीको आयोजना तथा त्रिभुवन नमूना माध्यमिक विद्यालय भुरीगाउँको आतिथ्यतामा ठाकुरबाबा–२, रानीपुरमा रहेको खेलमैदानमा कार्तिक १८ गतेदेखि आयोजना गरिएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
माध्यमिक तहतर्फ कुल ३४ पदक सहित त्रिभुवन नमूना माध्यामिक विद्यालय भुरीगाउं प्रथम हुन सफल भएको छ । १६ स्वर्ण, १२ रजत र ६ कास्य सहित त्रिभुवन नमूूना माध्यमिक विद्यालयले ३४ पदक जितेको हो । ठाकुरबाबा नगरपालिका–३, जुडपानीको चुरे माध्यमिक विद्यालय द्वितिय भएको छ । चुरेले १३ स्वर्ण, १० रजत र ११ कास्य सहित कुल ३४ पदक जित्न सफल भएको छ । यस्तै बर्दिया एजुकेश्नल एकेडेमी रानीपुर ९ स्वर्ण, ९ रजत र ८ कास्य सहित कुल २६ पदक प्राप्त गर्दै तेतिय भएको छ ।
यस्तै आधारभुत तहतर्फ ४ स्वर्ण र ३ रजत सहित कुल ७ पदक प्राप्त गर्दै नेशनल एकेडेमी रानीपुर प्रथम हुन सफल भएको छ । ३ स्वर्ण, २ रजत र २ कास्य जितेर कुल ७ पदक सहित सारदा आधारभुत विद्यालय शाहिपुर द्धितीय भएको छ । जनचाहना आधारभूत विद्यालय, डुम्रेनी २ स्वर्ण र १ रजत सहित कुल ३ पदक जितेर तृतिय भएको छ । माध्यामिक तहतर्फ नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरि १५ वटा विद्यालय र आधारभूततह तर्फ ७ विद्यालयको सहभागिता रहेको थियो ।








