नवलपुर । नवलपुरको कावासोतीमा एउटा पोथी गैंडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार मंगलबार विहान ७ बजेतिर कावासोती नगरपालिका– १५ गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वन क्षेत्रको बाँणखोलामा गैंडा मृत फेला परेको हो।
अन्दाजी ३०–३५ वर्षको पोथी गैंडा मृत अवस्थामा फेला परेको भनी स्थानीयले खबर गरेका थिए। उक्त गैंडाको खाग र खुर सुरक्षित रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
श्री नयाँ गोरख गण पश्चिम सेक्टर ख गुल्म अमलटारी र निकुञ्ज कार्यालय कसरा भेटनरीसहितको टोली पोष्टमार्टमको लागि आउँदै गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।








