बाँसगढी । बर्दियाको बाँसगढी नगरपालिकाले नगरअस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु गर्ने भएको छ । नगरअस्पतालको सेवा स्तरिय बनाई स्वासथ्य बिमा बोर्डमा सुचिकरण गरेको छ ।
बाँसगढी नगरपालिकाका स्वास्थ्य बिमा गरेका बिरामीहरू नगरपालिकाका स्वाथ्यचौकी र नगरअस्पतालमा बिमाको कार्यक्रम लागु नहुँदा सास्ती खेपेका थिए । नगरपालिकामा चिकित्सक र व्यवस्थीत नगर अस्पताल नहुँदा बासगढी नगरपालिकाबासी प्रारम्भिक सेवा लिनका लागि बाँके जिल्ला धाउन बाध्य भएका थिए ।
स्वास्थ्य बिमा गरेका नगरबासीहरू प्रथम सेवा लिनका लागि बाँकेको बैजनाथ गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र, कोहोलपुर मेडिकहल कलेज र नेपालगञ्जको भेरी अस्पताल जान बाध्य थिए । सामान्य स्वास्थ्य सेवा लिन देखि ठुलो अस्पतालमा रेफर गराउनका लागि समेत बाँसगढी नगरपालिकाबासी अर्को जिल्ला धाउन बाध्य छन् ।
बाँसगढी नगरपालिकाले स्वास्थ्य बिमा लागु भएको ८ बर्ष पछि नगरअस्पताललाई प्रथम सेवा बिन्दुमा सुचिकृत गराउन सफल भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामेश्वर खनालले बताउनु भयो । उहाँले सबै प्रक्रिया पुरा गरेर नगरअस्पताल स्वास्थ्य बिमा बोर्डसँग सम्झौता भएको छ । यो महिनामा सबै तयारी गर्न सकियो भने अर्को महिना देखि स्वास्थ्य बिमा भएका बिरामीलाई समेत सेवा दिन सकिन्छ ।
बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले लामो समयको प्रयास पछि स्वास्थ्य बिमा बोर्र्डमा नगरअस्पताललाई सुचिकृत गराउन सफल भएको बताउनु भयो । अब तालिम लगाएत केही प्रक्रिया पुरा गरी स्वास्थ्य बिमा गरेकालाई प्रथम सेवा बिन्दुको रुपमा सेवा दिने बताउनु भयो । उहाँले बाँसगढी नगरबासीको लागि ठुलो उपलब्धी भएको खबरकुरालाइ बताउनु भयो ।
बाँसगढी नगरपालिकामा १९ हजार सात सय ७८ जनाले स्वास्थ्य बिमा गरेका छन् । ६ हजार तीन सय ३४ घरपरिवारले स्वास्थ्य बिमा गरेका छन् । उनीहरू मध्ये तीन हजार ८२ जना जेष्ठ नागरिक रहेका छन् । दुई हजार दुर्इृ सय ४३ घरपरिवारले पुरा बिमा शुल्क तिरेर स्वास्थ्य बिमा गरेको स्वासथ्य बिमा बोर्ड बर्दियाका संयोजक डिके्रन्द्र बहादुर बिष्टले खबरकुरालाइ बताउनु भयो ।








