जिल्ला प्रहरी कार्यालय बर्दिया ।
बर्दिया । देशका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । जेनजीको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीहरूलाई विशेष सुचनाको आधारमा बर्दिया प्रहरीले पक्राउ गरेको हो ।
कारागारबाट भागेपछि कोही बर्दिया घरमा आएका, आफन्तीकोमा लुक्न आएका र भारततर्फ भाग्दै गरेका कैदीहरूलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले नख्खु कारागार भैँसेपाटीमा जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरीरहेका बारबर्दिया नगरपालिका वडा न ९ बस्ने ५३ बर्षिय हरीराज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी दाङ तुल्सीपुर कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैलाली जिल्ला घोडा घोडी नगरपालिका वडा नं ६ बस्ने कल्लु दमाईलाई कैलाली र बर्दियाको सिमाना चिसापनीबाट पक्राउ गरिएको छ । जिल्ला कारागार दार्जुलामा मानव बेचविखन मुद्दामा कैद भुक्तान गरीरहनु भएको सुर्खेत मैनतारा नगरपालिका २ बस्ने ४१ बर्षिय मानबहादुर बि.क.लाई पनि पक्राउ गरिएको गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक चक्रबहादुर डमरपालले बताउनु भयो ।
त्यसैगरी हाडनाता करणी मुद्दामा केन्द्रिय कारागार सुन्धाराबाट भागेका बढैयाताल गाउँपालिका वडा नं ७ पचासा बस्ने ४९ बर्षिय मनिराम दमाईलाई प्रहरीले पक्राउ गरेको छ । कर्तब्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका नक्खु कारागार ललितपुरबाट भागेका गेरुवा गाउँपालिका वडा नं ४ खोनपुर बस्ने दर्न बहादुर क्षेत्रीलाई सोही ठाउ्रँबाट पक्राउ गरेको छ ।
बाँके नौवस्ता कारारगारमा लागु औषध मुद्दामा कैद भुक्तान गर्दा गर्दै भागेका कोहलपुर नगरपालिका वडा नं २ बिकास नगर बस्ने २८ बर्षिय ध्रुब सिंह ठकुरी र सुर्खेत बिरेन्द्रनगर नगरपालिका ४ बस्ने २१ बर्षिय रोहन बस्याललाई प्रहरीले पक्राउ गरेको छ । गए राती करिब ८ बजे नेपाल भारत सिमा नजिक बढैयाताल गाउँपालिका वडा १ शान्तीपुरमा संकास्पद तरिकाले हिँड्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । उनीहरू दुवैजनालाई बाँके नौबस्ता कारागारको टोलीलाई जिम्मा लगाएको प्रहरी नायव उपरिक्षक डमरपालले बताउनु भयो । पक्राउ परेका कैदीहरूलाई कारागार सुरक्षा गार्ड बर्दियामा राखिएको छ । आवश्यक प्रक्रिया पुरा गरी कैदीहरूलाई सम्बन्धीत कारागारमा पठाईने उहाँले बताउनु भयो ।








