यज्ञप्रसाद सापकोटा
बर्दिया । बबई नदिमा पौडी खेल्ने क्रममा दुई बालिका डुबेर बेपत्ता भएका छन् । गुलरिया नगरपालिका वडा नं २ संगमबस्ती स्थित बबई नदिमा पौडी खेल्ने क्रममा सोही ठाउँका १२ बर्षिया निशानी थापा र दुर्गा शाही डुबेर बेपत्ता भएका हुन् ।
घरबाट खेल्दै नद सम्म पुगेको उनीहरू पौडी खेल्नका लागि नदिमा गएका थिए । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।
हाल उनीहरूको खोजी भइरहेको छ । खोजी कार्यमा स्थानीयवासी नेपाल प्रहरी र सशस्त्र प्रहरी संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र मल्लले बताउनु भयो । उहाँले दिउँसो दुई बजे ति बेपत्ता भएका उनीहरूको खोजी कार्य जारी राखे पनि हाल सम्म फेला पार्न नसकिएको बताउनु भयो ।








