प्रहरीले पक्राउ गरेकाे सालककाे खपटा ।
बर्दिया । बर्दियामा सालकको खपटा सहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा नं ५ बालापुर बस्ने ४७ बर्षिय किशोरीलाल थारू सालकको खपटा सहित पक्राउ पर्नुभएको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले थारूको घरबाट लुकाइ छिपाई राखेको तीन किलो ९९० ग्राम सालकको खपटा फेला पारेको थियो । सालकको खपटा कानुनी रुपमा घरमा राख्न र ओसार पसार गर्न अवैध मानिन्छ ।
सालकको खपटा सहित पक्राउ परेका थारूलाई आवश्यक प्रक्रिया पुरा गरी डिभिजन वन कार्यालय बर्दियामा बुझाईएको प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले बताउनु भयो । फेलापरेको खपटा तामे सालकको खपटा भएको बर्दिया प्रहरीले जनाएको छ । नेपालमा पाइने तामे सालक संकटापन्न र कालो सालक अति संकटापन्नको सुचिमा राखिएको छ । अन्र्तराष्ट्रिय बजारमा अवैध रुपमा सालकको खपटाको कारोबार हुने गरेको छ ।








