विशाल बस्नेत
गुलरिया । बर्दियामा छ सय ४३ जना नयाँ मतदाता थपिएका छन् । गत असोज १० गतेबाट सुरुवात भएको मतदाता नामावलीमा धमाधम नामावली दर्ता भएको छ ।
निर्वाचन कार्यालय बर्दियाका अनुसार पुरुष चार सय सात जना र महिला दुई सय ३६ जना गरि जम्मा छ सय त्रिचालिस जना मतदाता नामावलीमा नयाँ नाम दर्ता गराएका छन् । पछिल्लो समयमा दैनिक ेखि पचास जनाको हाराहारीमा नामावली दर्ता गराउने गरेको निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले बताउनु भयो । त्यसैगरी मतदान स्थल परिवर्तन गर्नका लागि पुरुष ६३ र महिला ६८ गरी एक सय ३१ जना मतदाताले निवेदन दिनु भएको छ ।
बर्दिया जिल्लामा असोज १० गते भन्दा अगाडि बर्दिया जिल्लामा पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार दुई सय ३३ र अन्य छ जना गरी तीन लाख १७ हजार तीन सय ३४ जना मतदाता थिए । तुलनात्मक रुपमा बर्दिया जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून रहेको छ ।








