लामाे समय देखि पत्रकारितामा सक्रिय रहनु भएका चिरञ्जीवी योगी (भावुक) ठाकुरबाबा आधारभूत नगर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा मनोनित हुनुभएको छ । ठाकुरबाबा नगरपालिका–३, नेउलापुर निवासी योगीलाई ठाकुरबाबा नगरपालिकाको आधारभूत नगर अस्पतालको अध्यक्षमा मनोनित गरिएको ठाकुरबाबा नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकाको आधारभूत नगर अस्पताल सञ्चालन कार्यविधी २०७९ को दफा १० उपदफा १ बमोजिम योगीलाई व्यवस्थापन समितिको अध्यक्षमा मनोनित गरिएको नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ । ठाकुरबाबा नगरपालिकाको स्वास्थ्य क्षेत्रको विकासमा नवनियुक्त अध्यक्षबाट अमूल्य योगदान रहने पालिकाले विश्वास लिएको समेत पत्रमा उल्लेख गरिएको छ ।
चिरञ्जीवी योगी (भावुक) नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व उपाध्यक्ष हुनुहुन्छ भने हाल सघिय पार्षद हुनुहुन्छ । बर्दियाबाट उज्यालाे एफ एममा कार्यरत उहाँ रेडियो टाइगर, भुरीगाउँका प्रबन्ध निर्देशक समेत हुनुहुन्छ ।








