प्रकाश पौडेल, गुलरिया । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले एकसाथ १० वटा आङ्गिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद्को शनिबार बसेको बैठकले एकसाथ १० वटा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको हो ।
मध्यपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद्को शनिबार बसेको बैठकको निर्णय नं. ४३७ एवम् विश्वविद्यालय सङ्गठन तथा शैक्षिक – प्रशासनिक नियमावली –२०६९ को ( आठौँ संसोधन ) को नियम १९७ को उपनियम ( २ ) बमोजिमका पदमा सोही नियमावलीको नियम १९७ उपनियम ( ३) अनुसारको पदावधि कायम हुने गरी क्याम्पस प्रमुख नियुक्त गरिएको उपकुलपति प्राध्यापक डाक्टर ध्रुव कुमार गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी भेरी क्याम्पस गुमी सुर्खेत तुलबहादुर राना, विद्यापुर जनता बहुमुखी क्याम्पस विद्यापुर सुर्खेतमा लक्ष्मी बयक, भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा चन्द्रबहादुर बुढा नियुक्त हुनु भएको छ । भने तिला कर्णाली क्याम्पस कालिकोटमा रुद्रप्रसाद सापकोटा, मुसीकोट खलङ्गा क्याम्पस रुकुम डम्मर खड्कालाई नियुक्त गरिएको । मध्यपश्चिम विश्वविद्यालय उपकुलपतिको कार्यालयले जनाएको छ ।
बबई बहुमुखी क्याम्पसमा जोशी
बर्दियाको गुलरियामा रहेको बबई बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा हरिप्रसाद जोशी नियुक्त हुनु भएको छ । मध्यपश्चिम विश्वविद्यालयले आइतबार बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा हरिप्रसाद जोशी नियुक्त हुनु भएको हो ।
बबई बहुमुखी क्याम्पस बर्दियामा पहिलो क्याम्पस हो । भने जिल्लामा रहेको ११ वटा क्याम्पस मध्ये एक मात्र आङ्गिक क्याम्पस हो । शिक्षा, मानविकी, र व्यवस्थापन विषय पढाइ हुने क्याम्पसका बर्दियाका विभिन्न पालिका र छिमेकी जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेको छन् ।








