काठमाडाैँ । जग्गा पूर्जा बनाउन १३ हजार रुपैयाँ घुस खाने कर्मचारीलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं १३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा अख्तियारले नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई रंगेहात पक्राउ गरेको हो।
अख्तियार टोलीले नापी कार्यालयका प्रमुखको दुई वटा र सर्भेक्षकको एउटा मोवाइल पनि जफत गरेको छ। कार्यालय सहयोगी कुँवरको एउटा मोवाइल पनि अख्तियारले नियन्त्रणमा लिएको छ।
रंगेहात पक्राउपछि अख्तियारले थप छानविन तथा अनुसन्धान पनि अघि बढाएको छ।








