बर्दिया ।
बर्दियामा जबरजस्ती करणीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा मधुवन नगरपालिका-५ बस्ने ३४ वर्षीय धन बहादुर चुदारालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।








