यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियामा नुहाउने क्रममा एक बालक डुबेर बेपत्ता भएका छन् । बारबर्दिया नगरपालिका वडा नं ४ बैरियाका १६ वर्षिय सम्राट थारू डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
नदीमा नुहाउने क्रममा बालक डुबेको पत्ता लागेपछि प्रहरी र स्थानीयवासीको टोली खोजी कार्यमा जुटेको छ । गाउँमा एक जनाको मृत्यु भएकाले शुद्धीकरण कार्यमा नुहाउन जाँदा डुबेर हराएको बालकका बुवा श्याम किशोर थारूले बताउनु भयो ।
डुबेर बेपत्ता भएको थाहा हुन साथ २० जनाको प्रहरी टोली उद्धार कार्यका लागि पठाइ खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रेशम बोहोराले बताउनु भयो ।








