यज्ञप्रसाद सापकोटा,बर्दिया ।
बर्दियाका आठ ओटा नगरपालिका मध्ये बारबर्दिया नगरपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट भएको छ । बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको स्वास्थ्य सचेतना र सेवा आठ ओटै नगरपालिका मध्ये मै उत्कृष्ट भएको हो ।
स्वास्थ्य कार्यालय बर्दियाले तोकिएको सुचकको आधारमा आठ ओटै नगरपालिकालाई मुल्याङ्कन गरेको थियो । सो अनुसार बारबर्दिया नगरपालिकाले ७८.५३ अंक ल्याएर प्रथम स्थान हासिल गरेको हो । दोस्रो स्थान हासिल गर्नेमा बढैयाताल गाउँपालिकाले ७६.९३ अंक ल्याएर दोस्रो र गेरुवा गाउँपालिका ७६.७६ अंक ल्याएर तेस्रो स्थान हासिल गरेका छन् ।
स्वास्थ्य कार्यालय बर्दियाले सार्वजनिक गरेको सो नतिजामा बाँसगढी नगरपालिका चौथो, मधुवन नगरपालिका पाँचौ, गुलरिया नगरपालिका छैठौँ, राजापुर नगरपालिका सातौँ र ठाकुरबाबा नगरपालिका आठौँ स्थान हाँसिल गरेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
बर्दिया जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्यमा भएका कामहरूको वार्षि समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा नगरपालिकाहरूको अंक सार्वजनिक गरिएको थियो । बर्दिया जिल्ला सम्पूर्ण नगरपालिकाले राम्रो काम गरेको भएपनि मुल्याङ्कन गर्दा अंकको आधारमा पहिलो दोस्रो भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख उमेश गौतमले बताउनु भयो । उहाँले भन्नु भयो –æसूचकको आधारमा मुल्याङ्कन गर्दा कम अथवा बढी अंक प्राप्त भएको हो । सूचकमा नसमेटिने धेरै राम्रा काम पनि स्वास्थ्य शाखाले गरिरहेका छन् ।Æ नगरपालिका मध्ये सबैभन्दा कम अंक प्राप्त गजे पालिकाले ७२.२९ अंक प्राप्त गरेको छ जुन अरु जिल्ला र पालिकाको अवस्था हेर्ने हो अत्यन्त राम्रो हो प्रमुख गौतमले बताउनु भयो ।
पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्ने नगरपालिकालाई लुम्बीनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।








