सन्ताेष खनाल, गेरुवा ।
गाउँपालिकास्तरमा आयोजित कार्यक्रममा स्वास्थ्य संस्था, स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विगत वर्षभरि सञ्चालन गरिएका आमा–शिशु स्वास्थ्य, खोप, पोषण, सरसफाइ, रोग नियन्त्रण लगायतका कार्यक्रमहरूको प्रगति प्रस्तुत गरिएको थियो। त्यसैगरी, स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती र आगामी वर्षलाई प्राथमिकता दिनुपर्ने योजना सम्बन्धमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।
समीक्षा सभामा सहभागीहरूले स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्। कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु ,बोर्ड सदस्य ,स्वास्थ्य संस्थाका प्रमुख , बिभिन्न शाखा प्रमुख ,जन स्वास्थ्य अधिकृत स्वातिमा पौडेल , कर्मचारी,संचारकर्मी उपस्थित रहेको थियो।








