केशव कोइराला, राजापुर । बर्दियाको राजापुर नगरपालिकाले आज शोक विदा दिएको छ । लामो समय देखि स्वास्थ्यमा समस्या देखिएका राजापुर नगरपालिका वडा नं १० का वडा सदस्य एवं नरसभा सदस्य ६७ बर्षिय नन्दराम कवरको असमायीक निधन भएकोले नगरपालिकाले शोक विदा दिएको हो ।
लामो समय देखि मृर्गौला रोगबाट पीडित कवरको हिजो सोमबार मृत्यु भएको राजापुर नगरपालिका १० नं वडाका वडा अध्यक्ष शिवलाल थारूले बताउनु भयो । नगरपालिकाले नगरकार्यपालिका र वडा कार्यालयहरूमा शोक बिदा दिएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले बताउनु भयो ।









