यज्ञप्रसाद सापकोटा
बर्दिया । बर्दिया लगाएत आसपासका क्षेत्रमा गएराती देखि पानी परेपछि खेतमा धान भिजेको छ । काट्न तयार भएको र निहिनमा सुकाएको धान भिजेपछि कृषकहरू चिन्तित भएका छन् ।
मोटा र सुख्खा खेतमा छिटो फल्ने धान कृषकले करिब करिब भित्र्याएपनि गहिरो खेतमा ढिलो पाक्ने धान भिजेको छ । विउ र मलको अभाव भएपनि धान उत्पादन गरेका किसानहरू भित्र्याउने समयमा धान भिजेको छ । । कतिपय धान काटेर निहिनमा सुकाएको छ । भने काट्न तयार भएको धान ढलेको छ ।
धान खेत मै भिजेपछि नोक्सान भएको छ । लामो समय घाम नलागी भिजिरहेमा धान उम्रिने सम्भावना भएको मधुवन नगरपालिका वडा ७ प्रगतीबजारकी कृषक शान्ती अधिकारीले बताउनु भयो । उहाँले भन्नु भयो–“पानी पर्दैन होला भनेर धान काटियो अहिले काटेर सुकाएको निहिन मै धान भिजेको छ लगातार पानि पर्यो भने खेत उम्रन्छ होला । ”

विशेषगरि मध्यम र मसिनो धान ढिलो पाक्ने गदर्छ । अहिले काटिरहेको र काट्न तयार भएको धान मध्यम र मसिनो धान हो । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सुचना अधिकारीका अनुसार अझैपनि बर्दियामा ३५ प्रतिशत धान भित्र्याउन बाँकी रहेको छ । केही धान कटान गरेर निहिनमा सुकाईएको उहाँले बताउनु भयो ।








