दलबहादुर सुनार,
बढैयाताल । बढैयाताल गाउँपालिका –८ पशुपति बजारका युवाहरूले गठन गरेको देउसी भैलो समूहले क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेको छ ।
भैलो कार्यक्रममा सङ्कलित रकमबाट समूहले सोही वडाका लालबहादुर नेपालीकी धर्मपत्नी रेखा नेपालीलाई नगद रु. १० हजार सहयोग उपलब्ध गराएको हो ।
पित्तथैलीको क्यान्सरबाट पीडित ४५ वर्षीया रेखा नेपालीलाई समूहका सदस्यहरूले वडा सदस्य ममता घर्तीको रोहबरमा घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।
देउसी भैलो समूहका संयोजक खड्कबहादुर सुनारका अनुसार सांस्कृतिक कार्यक्रमबाट उठेको सानो योगदानले पीडित परिवारलाई राहत मिलोस् भत्रे उद्देश्यले सहयोग गरिएको हो ।
सहयोग प्राप्त गरेपछि पीडितका श्रीमान् लालबहादुर नेपालीले समूह प्रति आभार व्यक्त गर्दै भने, “रकम धेरै थोरै जे जस्तो भए पनि यो सहयोग हाम्रो दुःखमा साथ दिएर ठूलो गुन लगाएको बताए ।”
विगतका वर्षमा देउसी भैलो खेलेर जम्मा भएको रकम बनभोज र भ्रमणमा खर्च गरिने गरेमा यस वर्ष भैलोमा प्राप्त भएको रकम क्यान्सर रोग वाट ग्रसित भुमिहिन सुकुम्वासी परिवारका महिला लाई सहयोग गरेको हुदा भैलोमा दिएको दक्षिणाको सदुपयोग भएको स्थानीयले प्रतिक्रिया दिए ।








