काठमाडाैँ । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो ।
शुक्रबार साँझ ६ बजेतिर उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् । गाउँको एक विवाद मिलाउन गएका उनीमाथि गोली प्रहार भएको हो।
उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी स्वतन्त्र निर्वाचित भएका थिए । हत्यामा प्रहरी नै संलग्न रहेको स्थानीयले बताएका छन्। - साभार नयाँपत्रिकाबाट








