बिशाल बस्नेत, गुलरिया ।
बर्दियामा विद्युत सर्ट हुँदा गुलरिया नगरपालिका वडा नं ५ बालापुरमा एक घर जलेर क्षति भएको छ । खर र जस्ता पाताले छाएको लोकेन्द्र बहादुर चौधरीको कच्ची घर विद्युत सर्ट भई क्षति भएको हो ।
चौधरीको घरमा एक्कासी विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक प्रकाश सिंह कार्कीले बताउनु भयो । स्थानीयवासी, प्रहरी र गुलरिया नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ । घर आंशिक रुपमा क्षती भएको छ भने घरमा रहेको अन्नपात, लत्ताकपडा र काठ पूर्णरुपमा क्षती भएको प्रहरीले जनाएको छ । क्षतीको प्रारम्भिक अनुमान गर्दा एक लाख पचास हजारको क्षती भएको प्रहरी निरिक्षक कार्कीले खबरसन्देशलाई बताउनु भयो ।








