गेरुवा ।
बर्दियाको गेरुवा गाउँपालिका ३ मा रहेको गेरुवा बहुमुखी क्याम्पसमा २६ कोठे भवन र सभाहल निर्माण हुने भएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको लगानीमा निर्माण हुन लागेको भवनको शिलन्यास भएको छ ।
भवन र सभाहलको शिलन्यास लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले एक औपचारिक समारोहका बीच गर्नुभएको छ । भवनको निर्माणका लागि शुभश्री कन्स्ट्रक्सन कम्पनी प्रा.लि. काठमाडौंले भ्याट सहित २ करोड ९२ लाख ६३ हजारमा सम्झौता भएको छ । एक वर्षमा भवन निर्माणका सम्पन्न् गरी सम्झौता भएकाे छ
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार सुदृढीकरण अपरिहार्य रहेको बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षाका लागि भौतिक पुर्वाधार निर्माण पनि आवश्यक रहेकोले भवन निर्माण थालिएको बताउनु भयो । शिलन्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जमान सिंह केशी,क्याम्पस प्रमुख दिल बहादुर जिसि, प्राध्यापक लगायत स्थानीय सहभागी थिए ।








