बुटवल । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई कारगार प्रशासनले दिएको सुविधाका बारेमा चर्चा चुलिएसँगै कारगार अनुगमनमा पुगेको राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले लामिछानेलाई राखिएको कोठामा प्रकाश र पर्याप्त हावाको प्रबन्ध मिलाउन निर्देशन दिएर फर्केको छ ।
अनुगमनमा पुगेका प्रतिनिधिहरुले रविलाई राखिएको ब्लकभित्र झ्याल प्लाईउडले टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको भन्दै प्लाई हटाउन सुझाव दिएका छन् । टोलीले चर्चामा आएजस्तै रास्वपाका सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको समे स्पष्ट पारेको छ ।
उहाँले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताउनु भयाे
कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।
२५० जना क्षमताको जिल्ला कारागारमा ६५० जना राखिएको अनुगमन टोलीले जानकारी दिएको छ ।








