ज्ञानेन्द्र पाेखरेल, बढैयाताल । गत भाद्र २४ गते बाँके नौवस्ता कारागारबाट फरार रहेका २ जना कैदीलाई ईलाका प्रहरी कार्यालय मैनापोखर ले गएराती पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा जिल्ला बाके कोहलपुर नगरपालिका वडा नं २ विकासनगर घर भएका वर्ष २८ का ध्रुव राज सिंह ठकुरी रहेका छन् । उनी डॉका चोरी र लागु औषध ब्राउन सुगर मुद्दाका प्रतिवादी हुन् । भने अर्को जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं ४ गणेशचोक घर भएका वर्ष २१ का रोशन बस्याल पक्राउ परेका छन् । उनी लागु औषध मुद्दाका प्रतिवादी हुन् ।
भाद्र २९ गते बढैयाताल वडा नं १ को शान्तीपुर गाऊमा रातको समयमा शंकास्पद अवस्थामा हिडिरहेको बेला पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी निरिक्षक राजेश साहु तेली ले जानकारी दिनुभएकाे छ । यस भन्दा अगाडि पनि मैनापोखर प्रहरीले एक जना हाडनाता करणी मुद्दामा सजाय भोगीरहेका चितवन कारागार वाट फरार व्यक्ति लाई पक्राउ गरेको थियो ।








