काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र यसको अन्तर्गतका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ।
बैठकले साथै इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका चार जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको पनि खरेलले बताए। बढुवा पाउनेमध्ये डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन्।








