राजापुर ।
बर्दियाको राजापुर नगरपालिकाको हमार थारू घर थारू रेष्टुरेन्टमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङ्ग घर भएका सोही रेष्टुरेन्टमा काम गर्ने २७ वर्षिय निरज चौधरी हुनुहुन्छ । स्थानीयवासी र प्रत्यक्षदर्शीले गोली चलेको बताएका छन् । प्रहरीले गोली आशंका गरेपनि पुष्टि नभएको बताएको छ । हाल प्रहरीले घटनास्थल मै गएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी प्रकाशसिंह कार्कीले प्रहरी पुग्दा उपचारका लागि चौधरीलाई लगि सकिएको र उहाँको शव नेपालगञ्ज भएको हुनाले पोष्टमार्टम पछि मात्र गोली लागेको हो होइन भन्न सकिने बताउनु भयो ।
घटना के कसरी भयो र कसले गरायो भन्ने विषयमा अनुसन्धान भईरहेको उहाँले बताउनु भयो ।








