ठाकुरबाबा ।
ठाकुरबाबा नगरपालिकाको वडा नं २ मा सामाजिक हानिकार नियमहरू कम गर्न समुदायका अगुवाहरूको भूमिका सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा हाल समाजमा देखिएका हानिकारक प्रथा र त्यसलाई न्यूनीकरण गर्नका लागि अपनाउन सकिने उपायको बारेमा छलफल भएको छ ।
कार्यक्रममा २ नं वडाका वडाध्यक्ष, राजनीतिक दलका नेता, वडा भित्रका विभिन्न टोलका अध्यक्ष, वडघर, सामाजिक अगुवा, महिला समुह, स्वास्थ्य स्वयंसेविका लगाएतका व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले समाजमा रहेका हानिकारक कुसंस्कारहरुलाई त्याग्दै जानुपर्ने बताएका छन् । बालविवाह र छिटो हुने विवाह न्युनीकरणका लागि सबैले आफ्ना बालबालिकाहरूलाई पनि सजग बनाउनु पर्ने र अभिभावकहरु पनि सजग हुनुपर्ने उनीहरूले बताएका छन् ।

ठाकुरबाबा नगरपालिका वडा नं २ का वडाध्यक्ष कमल चापागाइले जतिसुकै विकास गरेपनि त्यस बाटोघाटोमा हिँड्नेहरु गलत प्रथामा हिँडेभने त्यो नराम्रो कुरा हो । पछिल्लो समयमा अभिभावकको दबाव भन्दा पनि बालबालिका अाँफै विवाह गर्ने प्रचलन बढ्दै गएको उहाँले बताउनु भयो । बालबालिका भागेर विवाह गर्ने भएको हुनाले बालविवाहाका समस्या देखिएको उहाँले बताउनु भयो । अब बालविवाह रोक्नका लागि सचेतना कार्यक्रम गर्न जरुरी छ । त्यसको लागि अभियान चलाउन जरुरी रहेको उहाँले बताउनु भयो ।
दलित महिला उत्थान संघ बर्दियाकी बालविवाह तथा चाँडै हुने बिवाह न्युनिकरण रोकथाम परियोजना संयोजक जिरा वि.क.ले बालविवाह न्युनीकरणका लागि सबैजना आ आफ्नो ठाउँबाट लाग्नु पर्ने बताउनु भयो ।









