काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु हुने गरी मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४, डिजेल र मट्टितेलको ५ रूपैँयाले घटेको हो ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ ।
एलपी ग्याँसको मूल्य भने यथावत् राखिएको छ ।









