बर्दिया ।
प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेका बर्दियाका दुई संघिय निर्वाचन क्षेत्रबाट १० जना उम्मेद्वारको सिफारिस भएको छ । नेकपा एमाले संघिय निर्वाचन क्षेत्र नं १ बाट ५ जना र संघिय निर्वाचन क्षेत्र नं २ बाट ५ जना गरि १० जनाको उम्मेदवारीको लागि सिफारिस भएको हो ।
संघिय निर्वाचन क्षेत्र नं १ बाट पहिलो नम्बरमा शालिकराम अधिकारी सहित कपिल ज्ञवाली शुरेस रेग्मी, शुष्मा थारू र गोविन्द थपलिया सिफारिस हुनुभएको छ । पहिलो नम्बरको शालिकराम अधिकारी नेकपा एमाले बर्दियाको अध्यक्ष हुनुहुन्छ ।
त्यसैगरी संघिय निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारीको लागि पहिलो नम्बरमा विमला बि.क सहित कुल प्रसाद पोख्रेल, शर्मा थारू, पंकज सिंह राठोर, शिवमणि शर्मा सिफारिस हुनुभएको छ । पहिलो नम्बरको बिमला बि.क. पूर्व मन्त्री हुनुहुन्थ्यो भने कुल प्रसाद पोख्रेल लुम्बीनी प्रदेश सभा सदस्य भईसक्नु भएको हो ।
आइतबार अबेर सम्म भएको दुई ओटा संघिय निर्वाचन क्षेत्रको बैठकले सिफारिसको निर्णय गरेको नेकपा एमाले बर्दियाका प्रचार विभाग प्रमुख झपिन्द्र खत्रीले बताउनु भयो ।








