बाँसगढी । बर्दियाको बाँसगढी नगरपालिकाले निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्र परिक्षाको लागि निःशुल्क तयारी कक्षाको सञ्चालन गरेको छ । नगरपालिका भित्रका अध्यापन अनुमति पत्र परिक्षा दिनका लागि सहज होस भनेर कक्षा सञ्चालन गरेको हो ।
नगरपालिकाले सञ्चालन गरेको कक्षामा अध्यापन अनुमति पत्र परिक्षाका लागि आवेदन दिएका ३४ जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । अध्यापन अनुमतीपत्रको परिक्षामा उतिर्ण भएपछि मात्र शिक्षण पेशाका लागि युवाहरू योग्य ठहरिने छन् । त्यसको लागि शिक्षक सेवा आयोगले खोलेको विज्ञापन अनुसार परिक्षा दिई उतिर्ण हुनु पर्दछ । नगरपालिका भन्दा बाहिर गएर तयारी गर्न नसकेका विद्यार्थीहरूलाई तयारी गरि परिक्षा दिनका लागि सहज होस भनेर कक्षा सञ्चालन गरेको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताउनु भयो । उहाँले अध्यापन अनुमति पत्र लिएर युवाहरू शिक्षण पेशामा रोजगारी पाउन् भन्ने हाम्रो उद्देश्य रहेको बताउनु भयो ।
नगरपालिकाले आइतबार देखि कक्षा सञ्चालन गरिरहेको छ । शिक्षक सेवा आयोगले आगामी मंसिर २० गते अध्यापन अनुमति पत्रको परिक्षा सञ्चालन गर्ने भएको छ ।








