बिशाल बस्नेत
गुलरिया। बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते हुनुभएको छ । गुलरिया नगरपालिका वडा नं ५ सुहेलवा बस्ने गंगाराम थारू चितुवाको आक्रमणबाट घाइते हुनुभएको हो ।
गुलरिया नगरपालिका वडा नं १२ भैसाही स्थित जंगल नजिकै रहेको खेतमा घाँस काट्न गएको समयमा चितुवाले आक्रमण गरेको थियो । घाँस काटिरहेको समयमा पछाडीबाट चितुवाले आक्रमण गरेपछि सँगै घाँसकाट्न गएका साथीहरू हो हल्ला गरी छुटाएका थिए ।
घाइते थारूको घाँटि खुट्टा र दाहिने आँखाको मुनी चोट लागेको छ । बर्दिया अस्पतालमा प्रथामिक उपचार पश्चात् थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र कुमार मल्लले बताउनु भयो ।








