बर्दिया ।
नेपाल कै उत्कृष्ट भएको ताराताल सानाकिसान कृषि सहकारी संस्था लिमिटेड बर्दियाले २८ औँ साधारण सभा सम्पन्न गरेको छ । मधुवन नगरपालिका ७ मा रहेको ताराताल सानाकिसान कृषि सहकारी संस्थाले पाँच सय समुहका प्रतिनिधि सहित विभिन्न व्यक्तीत्वहरूको उपस्थितीमा साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाले २८ औँ साधारण सभाको अवसरमा सात जना जेष्ठ नागरिकहरूलाइ पौष्टिक आहार दिई दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यसैगरि, १६ जना उत्कृष्ट कृषकहरुलाई कृषि सामाग्री र प्रमाणपत्र सहित सम्मान गरिएको छ भने एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका ४ जना छोराछोरीलाई नगद पाँच हजार पाँच रुपियाँ र प्रमाण पत्र सहित सम्मान गरेको छ ।

सहकारीका अध्यक्ष प्रेम प्रसाद तिमिल्सिनाले २०८१÷८२ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक कारोबार र क्षेत्र विस्तारमा राम्रो सफलता मिलेको बताउनु भएको छ । हाल संस्थामा पाँच सय दुई ओटा समुहमा तीन हजार ९ सय ८२ जना शेयर सदस्य रहेको बताउनु भएको छ । त्यसैगरी संस्थाको शेयर रकम छ करोड ५६ लाख ३१ हजार , निक्षेप मौज्दात ५० करोड ७६ लाख ७८ हजार रहेको छ । त्यसैगरी आर्थिक बर्ष २०८१÷८२ सम्ममा संस्थाको आम्दानी १३ करोड ४५ लाख ८९ हजार भएको र खर्च १० करोड २४ लाख ९९ हजार र खुद नाफा तीन करोड २० लाख ९० हजार रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी ऋण जोखिम कोषमा तीन कराड ८९ लाख १३ हजार र जगेडा तथा अन्य कोषमा ९ करोड आठ लाख ३० हजार रहेको छ । संस्थाको ल र र ९३ करोड ३७ लाख २ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थामा हाल कर्मचारी १५ जना कर्मचारी रहेका छन् ।

साधारण सभाको उद्घाटनशत्रमा बोल्दै प्रमुख अतिथी संस्थापक अध्यक्ष एवं संस्थापक प्रदेश सभा सदस्य कुलप्रसाद पोखरेलले देश कै सर्वोत्कृष्ट हुन सफल भएकोले ताराताल सानाकिसान कृषी सहकारी संस्थालाई र सम्पूर्ण शेयर सदस्यलाई हार्दिक बधाई ज्ञापन गर्नु भयो । शेयर सदस्यले राम्रो र स्वच्छ कारोबार गरेको कारणले सहकारीले प्रगती गरेको बताउँदै सहकारीले सामाजिक विकासमा मुख्य भुमिका खेलेको बताउनु भयो ।

मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले तारताल सानाकिसानले गरेको प्रगतीलाई रिस गर्ने र खुट्टा तान्ने गर्न भन्दा पनि यसको प्रगतीबाट सिकेर आँफुहरूले प्रगती गर्नका लागि सम्पूर्ण सहकारीलाई आग्रह गर्नु भयो । सहकारीले सरकारले गर्न नसकेको काम गरेर आफ्ना शेयर सदस्यहरुको धान खरिद गरेको बताउनु भयो ।

मधुवन नगरपालिकाका संस्थापक नगरप्रमुख गणेशबहादुर केसी, मधुवन नगरपालिकाकी नगर उपप्रमुख अनिता चौधरी, नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका उपाध्यक्ष पुर्ण शर्मा, राष्ट्रिय सहकारी महासंघ लिमिटेडका पुर्व संचालक लक्ष्मी प्रसाद शर्मा, जिल्ला सहकारी संघ लि का पुर्व अध्यक्ष गोपाल प्रसाद पौडेल, सानाकिसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका नेपालगंजका निमित्त प्रबन्धक विदुर अर्यालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।









