यज्ञप्रसाद सापकोटा
बर्दिया । बर्दियामा लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नं ८ बस्ने ४६ वर्षिय शंकर केसी र ४८ वर्षिय यम बहादुर भण्डारी रहेका छन् ।
गुलरिया नगरपालिका वडा नं ११ गणेशपुर चोक स्थित पैदल यात्रा गरिरहेका उनीहरूलाई शंका मानी चेक जाँच गर्दा सेतो प्लाष्टिकमा बाधी लुकाई छिपाई राखेको अवस्था ब्राउनसुगर फेला परेको थियो । उनीहरूको साथबाट प्लाष्टिक सहित एक सय १७० मिललिग्राम, प्लाष्टिक बाहेक ६० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश सिंह कार्कीले बताउनु भयो ।








