बर्दिया ।
जेन्जी आन्दोलनको क्रममा केन्द्रिय कारागार काठमाडौंबाट फरार कोहलपुर नगरपालिका वडा नं १२ बस्ने ४४ वर्षीया सिता खत्रीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बैंकिङ्ग कसुरमा केन्द्रिय कारागारमा ४ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी रहेको थियो । फरारको सुचिमा रहेकी खत्रीलाई गुलरिया बजारमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक प्रकाश सिंह कार्कीले बताउनु भयो । उहाँले खत्रीलाई पक्राउ गरि कारागार सुरक्षा गार्डमा राखिएको जानकारी गराउनु भयो ।








