गुलरिया ।
सुर्खेतमा १६ वर्षिय किशोरीको जबरजस्तीकरणी पछि हत्या गरिएको घटना प्रति घोर आपत्ती जनाउँदै बर्दियाका अधिकारकर्मीहरुले दोषीलाई कडा कारवाही गर्न सम्बन्धीत निकाय समक्ष जोडदार माग गरेका छन् ।
गैरसरकारी संस्था महासंघ बर्दियाको अध्यक्षमा बैठक बसी नागरिक समाज, पत्रकार, विभिन्न संघ संस्थामा कार्यरत अधिकारकर्मीहरूले घटनाको निष्पक्ष, पारदर्शी र छिटो अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारवाही गरी पीडित परिवारलाई न्याय दिनका लागि ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बालिकाको बलत्कार पछि हत्या गरिएको घटना दुखद्, अमानवीय तथा निन्दनीय घटनाले स्तब्ध भएको जनाएका छन् । विभिन्न संघ संस्थामा संलग्न १६ जना अधिकारकर्मी द्वारा हस्ताक्षरीत विज्ञप्तीमा महिला र बालिका माथि हुने कुनै पनि प्रकारको यौन हिंसा कुनैपनि बहानामा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ ।








