बढैयाताल ।
बर्दियाको बढैयाताल गाउँपालिकामा ६९ औँ सहकारी दिवसको अवसरमा कृषी उत्पादन प्रदर्शनी गरिएको छ । पालिका भित्रका सहकारीहरूले उत्पादन गरेका कृषी उपजहरूको कृषी मेलामा प्रदर्शनीमा राखिएको थियो ।
मेलामा दुग्धजन्य पदार्थ, रैथानेबाली, तारकारी खेती, शुद्ध तोरीको तेल, रैथाने चामल, गडौला मल लगाएत सहकारीले उत्पादन गरेका कृषि उपज प्रशनीमा राखिएको थियो । बढैयाताल गाउँपालिकाको सहयोगमा बढैयाताल सहकारी सञ्जालको आयोजनामा सहकारी दिवसको अवसरमा कृषी उपज प्रदर्शनीमा राखिएको हो ।
बढैयाताल गाउँपालिकामा ५३ ओटा सहकारी संस्थाहरू रहेका छन् । सहकारी संस्थालाई समन्वय गर्नका लागि बढैयाताल सहकारी सञ्जालको गठन गरिएको छ । कुल सहकारी मध्ये ३४ ओटा सहकारी संस्था कृषी प्रदर्शनीमा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीले बढैयाताल भित्रका सहकारीहरू व्यवस्थीत गर्नका लागि सञ्जाल बनाएर हरेक वर्ष दिवस मनाउने देखि अनुगमन मुल्याङ्कन र नियमन गरिरहेको बताउनु भयो । सहकारीहरूले आ आफ्नो क्षेत्रमा इमान्दारी पूर्वक काम गरेमा नागरिकको आयस्तरमा वृद्धि हुने बताउनु भयो । स्थानिय सरकारले किसानहरुको लागी विऊविजन, सिचाई मोटर, यान्त्रिक उपकरण लगायतका विषयमा सहयोग गरेको र अबका दिनहरुमा पनि यस्तै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल कृषी सहकारी संघका सञ्चालक हरि अधिकारीले सहकारीले आफ्नो उद्देश्य अनुरुप काम गरेका छन् छैनन् भनेर पालिकाले निरन्तर अनुगमन गर्नुपर्ने बताउनु भयो । उहाँले अधिकांश सहकारी विधि पद्धति र नियम अनुसार नचलेका हुदाँ यस्ता सहकारीहरू को नियमित अनुगमन गरी बिधि , पद्धतिमा ल्याउन सहकारी सन्जाल र स्थानिय सरकार लाग्नु पर्ने मा जोड दिनुभयो ।
दुग्ध उत्पादक सहकारी केन्द्रीय संघका सन्चालक सदस्य ईन्द्र प्रसाद लुईटेल ले सहकारी हरुले आफ्ना सदस्यहरु लाई व्यवसायीक किसान वन्न प्रोत्साहन गर्नु पर्ने उत्पादन मा जोडी आयआर्जन बढाउन लाग्नु पर्ने बताउनु भयो । साथै अहिले बढैयाताल क्षेत्र दुग्ध उत्पादनमा आत्मनिर्भर बन्दै गईरहेको अवस्थामा दुग्ध उत्पादन क्षेत्रमा स्थानिय सरकार ले समेत अनुदानका कार्यक्रम सञ्चालन गर्नु पर्ने कुरा मा जोड दिनुभयो ।
कार्यक्रम मा भने यसै कार्यक्रम कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव, उद्योग वाणिज्य संघ का उपाध्यक्ष दिपक खनाल, सहकारी अभियान्ता कौशिल्या सिंह ठकुरी लगायतले मन्तव्य राखेका थिए

कार्यक्रममा बढैयाताल गाउँपालिकाका उत्कृष्ट दुई ओटा सहकारीलाई सम्मान गरिएको थियो । कार्यक्रम बढैयाताल सहकारी सन्जालका संयोजक बिष्णु प्रसाद लम्सालको अध्यक्षतामा भएको थियो भने कार्यक्रम का प्रमुख अतिथि बढैयाताल गाऊपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी ,बिशिष्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू, विशेष अतिथि बढैयाताल गाउँपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु ,केन्द्रीय सहकारी संघ का सञ्चालक सदस्य हरिबहादुर अधिकारी, दुग्ध उत्पादक केन्द्रीय सहकारीका संचालक सदस्य इन्द्र प्रसाद लुईटेल, कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव , बढैयाताल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपक खनाल , जिल्ला समन्वय समितिका सदस्य पुरैलाल थारू, सहकारी संस्थाका अध्यक्ष हरु तथा सदस्यहरू सहकारीमा आबद्ध किसान हरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारी सन्जाल बढैयातालका संयोजक विष्णु प्रसाद लम्साल ले बढैयाताल गाऊपालिका भित्र रहेका सहकारी संस्था को अवस्था सहकारी ले गरेका कार्यका साथै सहकारी सञ्चालनमा रहेका चुनौती र सम्भावना लगायतको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।








