गुलरिया ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाको सभापतिमा शान्ता बुढा क्षेत्री निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा बुढा क्षेत्री भारी मतान्तरले विजयी हुनुभएको हो ।
निर्वाचित बुढाक्षेत्रीले एक सय ५८ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी उदय बहादुर खत्रीले ४६ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपसभापति पदमा दुर्गा प्रसाद थारूले १५२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी मुकेश कुमार थारूले ३५ मत प्राप्त गर्नुभएको छ ।
सचिव पदमा दिपकबहादुर बिसीले १४७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी लक्ष्मी प्रसाद न्यौपानेले ५३ मत प्राप्त गर्नुभएको । यसैगरी सह–सचिव पदमा शरद तिवारी १३१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी रविन्द्र उपाध्यायले ६३ मत प्राप्त गरेका छन् ।
सदस्य पदमा अर्जुन भण्डारी, हेमराज सुवेदी, अजित कुमार मल्ल, सोमबहादुर गुरुङ्ग, रमेश अर्याल, बिष्णुप्रसाद उपाध्याय, लिला पनेरु र गीता खड्का निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनबाट निर्वाचित र मनोनीत गरि २१ सदस्यीय जिल्ला कार्यसमिति रहनेछ ।








