ज्ञानेन्द्र पोखरेल
बढैयाताल ।बर्दियामा भुमिहिन्लाई जग्गा वितरण कार्यको सुरुवात गरिएको छ । बर्दियाका २९ घरपरिवार भूमिहिन्लार्ई जग्गा वितरण गरेर सरकारले जग्गा वितरण कार्यको सुरुवात गरेको हो ।
बढैयाताल गाउँपालिका वडा नं ४ खैरेनीका २९ घरपरिवारलाई जग्गा दिएर भूमि समस्या समाधान आयोगका अध्यक्षले बलभद्र बाँस्तोलाले जग्गा वितरण सुरु गर्नु भएको छ । सरकार गठन भएपछि एक सय दिने कार्यसुचि अन्र्तगत देशभरी मै बर्दियाबाट जग्गा वितरणको सुरुवात भएको हो ।
बढैयाताल गाउँपालिका वडा नं ४ को कार्यालयमा गरिएको कार्यक्रममा आयोगका अध्यक्ष बास्तोलाले पहिलो पटक ६० वर्षिय दृष्टिविहिन फुल कुमारी थारूलाई जग्गाधनी प्रमाणपुर्जा दिनु भएको छ । जग्गा धनी प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै अध्यक्ष बास्तोलाले यो सरकार गठन भएपछि एक सय दिन भित्र नै जग्गा वितरण गर्न सफल भएको बताउनु भयो ।
जिल्ला भूमि समस्या समाधान समिति बर्दिया अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सरकारले पहिलो प्रथामिकतामा राखेर जग्गा वितरण गरेको धन्यावाद दिँदै थप भूमिहिन् सुकुम्बासीलाई जग्गा वितरणको तयारी भइरहेको बताउनु भयो ।
पुर्जा वितरण कार्यक्रम जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारीगोगनबहादुर हमालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोला प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा केन्द्रीय भूमि समस्या समाधान समितिका सदस्य पदमा निधि सोती रहनुभएको थियो । यसैगरी अतिथिहरूमा बढेताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारी कार्यकारी प्रमुख अर्जुन थारु जिल्लाभूमि समस्या समाधान समितिका सदस्यहरू गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि जनप्रतिनिधिहरुविभिन्न कार्यालयका प्रमुखहरू नागरिक समाजका सदस्यहरू आम सर्वसाधारण सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वर्षौंदेखि बसोबास गरिरहेका भूमिहीनहरुलाई आजदेखि लालपुर्जा वितरण कार्य गरी सुरुवात गरिएको छ भनेवडा नम्बर ४ का भूमिन दलित र भूमिन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै प्रमुख अतिथिलेभूमि समस्या समाधान समितिको राष्ट्रिय स्तरमा कार्य प्रारम्भ भएको घोषणा गर्नुभयो । भने उहाँले कार्यक्रममा आफ्नो भनाइ राख्दै भन्नुभयो वर्तमान सरकारको १ सय दिनेकार्यसूची अनुसार यो कार्यको शुभारम्भ गरिएको र ५०० दिनभित्र भूमि समस्या सम्बन्धी सम्पूर्ण कार्य सक्नुपर्ने कार्यदिशा रहेको जानकारी गराउनुभयो ।
लामो समय देखि मान नदीको किनारमा बसीरहेका खैरेनीका २९ घरपरिवार अन्ततः आफैले जोतभोग गरिरहेको जग्गाको मालिक भएका छन् । कानुनी रुपमा जग्गा प्राप्ती गरेपछि भूमिहिन्हरु हर्षित भएका छन् । बढैयाताल गाउँपालिका वडा नं ४ खैरेनीकी गौमती थारूले वर्षौँ देखि बावु बाजेले जोतभोग गर्दै आएको जग्गा पाएकोमा खुसी लागेको बताउनु भयो ।
गत वर्ष भूमि समस्या समाधान समितिले बाँसगढी नगरपालिकाका १३ र गुलरिया नगरपालिकाका ४० गरी ५३ घरधुरीले जग्गा धनी प्रमाणपुर्जा दिएको थियो । बर्दिया जिल्लामा आयोगमा ४५ हजार निवेदन दर्ता भएका छन् । जसमध्ये १३ हजार ५ सय भुमिहिन् र ३१ हजार ५ सय अव्यवस्थीत बसोबासी रहेको समितिका अध्यक्ष हमालले बताउनु भयो । त्यसैगरी राजापुर नगरपालिकाका तीन सय २० ओटा बाहल विटौरी जग्गा वितरणका लागि निवेदन दर्ता भएको समितिले जनाएको छ ।








