यज्ञप्रसाद सापकोटा
बर्दिया ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले पुलबाट खसेर घर मै थला परेकी मधुवन नगरपालिका वडा नं १ बड्की टडुवाकी १७ वर्षीय सुविक्षा थारूलाई घर मै पुगेर नागरिकता दिएको छ ।
दुई महिना अगाडी नजिकैको झोलुंगे पुलबाट खस्दा ढाड भाँचिएपछि सुविक्षा विस्तारा मै थला परेकी छन् । नागरिकताका लिनका लागि जिल्ला प्रशासन कार्यालय बर्दिया पुग्न कठिनाइ भएको हुँदा प्रमुख जिल्ला अधिकारीको टोली सुविक्षाको घरमा पुगेर नागरिकता दिएको हो ।
घर मै नागरिकता पाएपछि सुविक्षा खुसी भएकी छन् । ढाड देखि तल नचल्ने समस्या भएकी सुविक्षाले उपचार भइरहेको बताइन् । सुविक्षाका बुवा रामकृष्ण थारूले डाक्टरले नियमित फिजियोथेरापी गरेपछि ठिक हुने बताएको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो –अब केही दिन भित्रै उपचारका लागि सुर्खेत लैजादै छौँ ।Æ
कक्षा १२ मा अध्ययनरत सुविक्षाको अध्ययन ढाड भाँचिएसँगै रोकिएको छ । नागरिकता हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सुविक्षालाई स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ । उहाँले सुविक्षाको उपचारको लागि सम्बन्धीत निकाय समक्ष पहल गर्ने बताउनु भयो । उहाँले भन्नु भयो –æउहाँको उपचारको लागि हामी विभिन्न निकाय समक्ष पहल गर्ने छौँ, उपचार गरेमा ठिक हुन्छ होला । Æ
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत लोकप्रसाद ढकालले चालु आर्थिक वर्षमा सुविक्षा सहित दुई जनालाई घर मै पुगेर नागरिकता उपलब्ध गराइएको बताउनु भयो । उहाँका अनुसार गत साउन १४ गते ठाकुरबाबा नगरपालिका वडा नं ५ साहीपुरका पुर्ण अशक्त अपाङ्गता भएका व्यक्ती १९ वर्षीय रामभजन थारूलाई घर मै गएर नागरिकता उपलब्ध गराइएको थियो । उहाँले अशक्त अपाङ्गता भएका नागरिकाले नागरिकता नपाएको थाहा भएमा आवश्यक प्रक्रिया पुरा गरि घर मै नागरिक उपलब्ध गराउने बताउनु भयो ।
सुविक्षा अशक्त भएको र नागरिकताको आवश्यक्ता देखिएको हुनाले वडाको सिफारिस सहित जिल्ला प्रशासनमा गएर पहल गरेको बताउनु भयो । उहाँले उपचारका लागि वडा र पालिकाबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।








