यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल सम्मानित हुनुभएको छ । बैदेशिक रोजगारमा जाँदा ठगिमा परेका श्रमिकहरूको मुद्दा फस्र्यौट र बैदेशिक रोजगारमा जाँदा आइपर्ने समस्या समाधानका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै आप्रवासी श्रमिक संजाल लुम्बिनी प्रदेशले उहाँलाई सम्मान गरेको हो ।
सुरक्षित आप्रवासन सेवाका लागि लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये दोस्रो हुन सफल भएको हुनाले बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित प्रहरी उपरिक्षक सरोज पौडेल, गुलरिया नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत मुकुन्द अर्याललाई सम्मान गरिएको हो । दोस्रो भएपनि बर्दिया जिल्लालाई पहिलो पटक नै सम्मान गरिएको लुम्बिनी प्रदेश आप्रवासी श्रमिक संजालकी उपाध्यक्ष हिरा खरालले बताउनु भयो । उहाँले बैदेशिक रोजगार ठगीका उजुरीको मेलमिला तथा सिफरिस गर्ने सम्बन्धीत कार्यविधि २०८० को भावना अनुरुप स्थानीय स्तरमा न्याय प्रदान गरेको हुनाले सम्मान गरिएको बताउनु भयो । लुम्बिनी प्रदेशमा उत्कृष्ट काम गरेका सात ओटा जिल्लालाई सम्मान गर्न लागिएको उहाँले जनाकारी गराउनु भयो ।

बर्दिया जिल्लामा बैदेशिक रोजगारको क्रममा ठगीमा परेकालाई न्याय दिने, क्षतीपुर्ती दिलाउने, निःशुल्क कानूनी सहायता दिने, सूचना तथा परामर्श सेवा दिने लगाएतका काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८३ मा सुरक्षित आप्रवासन कार्यक्रम अन्र्तगत सात हजार आठ सय८१ जनालाई परामर्श दिएको र ५३ जनालाई निःशुल्क कानूनी सहायता दिएको छ । त्यसैगरी १७ जनाको उद्दार गरिएको छ भने ९५ लाख तीन हजार पाँच सय रुपियाँ ठगी बापतको रकम पीडितलाई फिर्ता गरिएको छ । बlिर्दया जिल्लामा गत आर्थिक वर्षमा आठ हजार ९९ जनाले राहदानी बनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बैदेशिक रोजगारमा जाने भन्दा ठग्ने मान्छे धेरै भएको बताउनु भयो । उहाँले बैदेशिक रोजगारीका बारेमा अब विद्यालय तह मै शिक्षा दिनुपर्ने बताउनु भयो ।








