यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियामा बेवारिसे कटुवा पेस्तोल बरामद गरिएको छ । बर्दिया प्रहरीले बढैयाताल गाउापालिका वडा नं ७ कर्णालीपुर जाने बाटोको छेउमा बेवारीसे अवस्थामा पेस्तोल फेला पारेको हो ।
कालिका प्रहरी चौकीबाट खटिएको टोलीले काठ र फलामले बनेको खाली कटुवा पेस्तोल पेला पारेको हो ।
फेला परेको कटुवा पेस्तोल आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय, बर्दियामा ल्याई सुरक्षित राखिएको छ ।









