यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियामा माइती नेपालले दुई सय ९६ जना जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्धार तथा पुनःस्थापना गरेको छ । जोखिमपूर्ण रुपमा यात्रा गरिरहेका दुई १७ जना बालिका पाँच जना बालक र ७४ जना महिलालाई उद्धार गरि पुनःथापना गरेको माइती नेपाल बर्दियाले जनाएको छ ।
त्यसैगरी तीन सय १० जना महिला तथा बालबालिकालाई पारिवारिक पुर्नमिलन गराएको छ । जोखिममा रहेका तीन सय १४ महिला तथा बालबालिकालाई आवधिक गृहमा राखेर संरक्षण दिएको छ ।बर्दियामा लामो समय देखि कार्यरत माइती नेपालले आवाधिक गृह सञ्चालन गर्दै आएको छ ।
त्यसैगरी गत आर्थिक वर्षमा भारतबाट दुई जनाको उद्धार गरेको छ । खोजतलास तथा उद्धारका लागि ७५ जनाको निवेदन परेकोमा २६ जना फेला पारिएको छ । बर्दिया जिल्ला भरीका चार सय १९ जनालाई मनोसामाजिक परामर्श दिईएको छ । भने नेपाल भारत सिमानाबाट आवतजावत गर्ने २०९५ वटा सवारी साधनमा अनुगमन गरि २२ हजार चार सय जनालाई मानववेचविखन सम्बन्धी सूचना प्रदान गरिएको छ । २० जना पीडितको स्वास्थ्य उपचारका लागि सेवा दिइएंको छ ।
माइती नेपालको सामाजिक परिक्षणमा सो तथ्याङ्क प्रस्तुत गरिएको थियो । माइती नेपालले एक आवाधिक गृह सहित, तीन ओटा गुलरिया, मधुवन र बढैयातालमा सूचना तथा परामर्श केन्द्र स्थापना गरेर सञ्चालन गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले विभिन्न घटनामा पीडित भएका बालिका, युवती तथा महिलालाई राख्न स्थापना गरिएको सेवा केन्द्रमार्फत माइती नेपालले प्रहरीलाई सहयोग गर्दै आएको बताउनु भयो । माइती नेपालले भारत नेपाल सीमामा सूचना तथा परामर्श केन्द्र सञ्चालन गरेर प्रहरीलाई काममा सहयोग भएको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले मानव बेचबिखन तथा ओसारपसार रोकथाममा माइती नेपालको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले भन्नुभयो –æसरकारी निकायसँगको सहकार्यमा माइती नेपालले काम गर्दै आएकाले पीडितको संरक्षण तथा मानव बेचबिखन नियन्त्रणमा सहयोग पुगेको छ।Æ
माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले मानव बेचबिखन तथा ओसारपसार, जबर्जस्ती करणी र घरेलु हिंसामा परेका, खोजतलासका क्रममा फेला परेका तथा सीमाबाट उद्धार गरिएका बालिका, किशोरी र महिलालाई आवधिक गृहमा राख्ने गरिएको बताउनु भयो । उहाँले भन्नु भयो –æआवधिक गृहमा बस्ने पीडितहरूलाई आवास, खानपिन, लत्ताकपडा तथा आवश्यकताअनुसार यातायात खर्चसमेत उपलब्ध गराउने गरिएको छ।









